काठमाडौं । नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ ।
बेलायतस्थित विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्वनी हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सूची अनुसार नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा पारेको हो ।
अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)को तथ्यांकअनुसार सन् २०२२ का लागि सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको छानिएको हो ।
उक्त सूचीअनुसार नेपालको पासपोर्ट विश्वको सातौं सबैभन्दा कमजोर पासपोर्टको रुपमा देखिएको छ ।
नेपालको पासपोर्टबाट ३७ देशमा मात्रै यात्रा गर्दा अनअराइभल भिसा उपलब्ध हुन्छ ।