बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

चार किलो चामल पाउन सिडिओको तोक अनिवार्य, रासन कार्डसँग नागरिकता धरौटी


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/3009
    माघ २, २०७८ आइतबार
    चार किलो चामल पाउन सिडिओको तोक अनिवार्य, रासन कार्डसँग नागरिकता धरौटी

    काठमाडौं । तीन महिनादेखि चामल नपाएपछि हुम्ली नागरिक तोक–आदेश लगाउन जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका थिए । नेपाली नागरिकताको फोटोकपीसहित उनीहरू आएका थिए । 

    प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तोक–आदेश लगाएपछि हुम्लीले प्रतिपरिवार चार केजी चामल पाउने व्यवस्था छ । यसका लागि उनीहरू चार घन्टा पैदल हिँडेर सदरमुकाम सिमकोट पुग्ने गरेका छन् । 

    चार किलो चामल लिन नागरिकताको फोटोकपी बोकेर तोक–आदेश लगाउनुपर्ने प्रावधानले सर्वसाधारण नागरिकलाई दुःख दिने काम मात्रै भएको सिमकोट गाउँपालिका–२ की जानकी भण्डारीको दुखेसो छ ।

    स्थानीय तहले दिएको रासन कार्डसँग नागरिकता चामल खान धरौटी राखेजस्तै भएको उनले गुनासो गरिन् । चार किलो चामल किन्न हुम्ली नागरिकलाई महाभारत भएको स्थानीयको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चामल पाउने नागरिक नदोहोरिऊन् भनेर विवरण राख्न नागरिकताको फोटोकपी अनिवार्य गरिएको जानकारी दिए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij