काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाट थालेका छन् ।
कोरोना संक्रमण पुष्टि भएयता केही दिनदेखि सबै खालका भेटघाट बन्द गरेका प्रचण्डले निको हुनेबित्तिकै राजनीतिक भेटवार्ता सुरु गरेका हुन् ।
यस क्रममा प्रचण्डले अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रचण्ड हिजो मात्र कोरोना नेगेटिभ भएका हुन् ।