आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको क्लिनस्वीप निश्चित


  • 3.4K
    SHARES
  • https://indrenipost.com/posts/3048
    माघ ४, २०७८ मंगलबार
    राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको क्लिनस्वीप निश्चित

    काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ३ सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भए पनि मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिन्छ ।

    निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले कर्णाली प्रदेशमा साझा उम्मेदवार दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । कर्णाली प्रदेशमा प्रतिपक्षी एमाले र राप्रपाका एक सांसद मिल्दा समेत सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कुनै सम्भावना छैन ।

    कर्णाली प्रदेशमा दलहरूको मतभार

    माओवादीः १५१२

    एमालेः १४३४

    कांग्रेसः १००८

    एकीकृत समाजवादीः ३७८

    राप्रपाः ४८

    सत्तारूढ गठबन्धनः २८९८

    सत्ताइतरः १४८२

    एमाले र राप्रपाका एक सांसदबाहेक अरू सबै दल पाँच दलीय गठबन्धनमा छन् । कर्णाली प्रदेशमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ३ सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् । तीनवटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । तीनवटै समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरुङ र प्रमुख प्रतिपक्षी एमालेकी गंगा थापा (महत)ले उम्मेदवारी दर्ता गराएका छन् ।

    अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अन्य समूह तर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij