काठमाडौं । नेकपा (एमाले)ले ६३ जिल्लामा अधिवेशन गरेको छ ।
अधिवेशनबाट जिल्ला अध्यक्षसहित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन् । अधिकांश जिल्लामा सर्वसम्मत अध्यक्ष चयन भएका छन् भने केही जिल्लामा निर्वाचन पनि भएको थियो ।
पर्सा, चितवन, सिन्धुपाल्चोक, दैलेख र मुगुमा अधिवेशन उद्घाटन गरे पनि नेतृत्व चयन गर्न बाँकी रहेको एमालेले जनाएको छ ।
साथै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रूकुम पूर्व, रोल्पा, हुम्ला र बझाङमा अधिवेशन हुन सकेका छैनन् ।
कोरोना महामारीलगायत कारणले यी जिल्लामा अधिवेशन भएका छैनन् ।