काठमाडौं । अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीहरूमा बसोबास गर्ने उपभोक्ताहरूलाई तोकिएका शर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ ।
अहिले अर्पाटमेन्टहहरूले आफूले प्राधिकरणबाट विद्युत लिएर त्यहाँभित्र बस्नेलाई महँगो शुल्क लिएर आपूर्ति दिँदै आएका छन् ।
अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधै विद्युत लिन सक्ने हुँदा महसुल सस्तो पर्ने भएकोले विद्युतीय उपकरणको प्रयोगमा वृद्धि भई विद्युत खपत बढ्ने घिसिङले उल्लेख गरे ।
एउटै उद्योग परिसरभित्र फरक(फरक विद्युत महसुल दर आकर्षित हुने उद्योगहरू सञ्चालन हुने अवस्थामा अलग(अलग मिटर राख्न पाउने छन् ।