काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेको अधिकांश जिल्ला अधिवेशनको परिमाण आएको छ । एमालेका ६४ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका हुन् ।
पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उद्घाटन भएपछि नेतृत्व चयन गर्न बाँकी रहेको एमालेले जनाएको छ ।
धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखेर तय गरिने बताइएको छ ।
एमालेले पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गरेको हो ।
एमाले पार्टी केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड(१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना हुनेछन् ।
जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवशेन पनि एमालेले सम्पन्न गरेको छ ।
नेकपाको निरन्तरको रूपमा हेरिएको यो अधिवेशनलाई सर्वसम्मत नेतृत्व चयन गरेर पूर्वमाओवादी केन्द्र र १० बुँदे पक्षधर केही जिल्लामा नेतृत्वमा आएका छन् ।