मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : अर्को साता दैनिक २० हजार संक्रमित हुने


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/3075
    माघ ६, २०७८ बिहीबार
    स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : अर्को साता दैनिक २० हजार संक्रमित हुने

    काठमाडौं । संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ । 

    अर्को साताभित्र संक्रमणदर उच्च पुगेर विस्तारै ओरालो लाग्न सक्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्णप्रसाद पौडेलले बताए । उनले भने, अर्को साता या माघको १५ पछि विस्तारै संक्रमण ओरालो लाग्ने देखिन्छ ।

    संक्रमणदर तीन दिनमै दोब्बरले वृद्धि हुँदै गएकाले सबै सतर्क हुन आवश्यक रहेको डा. पौडेलले बताए । पौडेलका अनुसार अहिलेको संक्रमणमा ओमिक्रोन भेरियन्टको वर्चश्व बढी रहेकाले संक्रमितको तुलनामा अस्पताल भर्नादर कम छ । 

    यो भेरियन्टले श्वासप्रश्वास नलीको माथिल्लो भागमा संक्रमण बढी गर्ने भएकाले संक्रमितमा गम्भीर लक्षण कम भएको तर खोप लिएकामा समेत संक्रमण भएको पाइएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij