मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

मन्त्रीको नरसंहार अभिव्यक्तिले सिके रावत निकै रुष्ट, मुठभेट हुन सक्ने जोखिम


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/3107
    माघ ९, २०७८ आइतबार
    मन्त्रीको नरसंहार अभिव्यक्तिले सिके रावत निकै रुष्ट, मुठभेट हुन सक्ने जोखिम

    काठमाडौं । माघ ५ गते मधेस प्रदेशको रौतहट जिल्लामा मधेस बलिदानी दिवस कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेतृ एवं भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव प्रमुख वक्ता थिइन् ।

    कार्यक्रम सम्बोधन गर्न जानेक्रममा यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले लाठीसहित आक्रमण गर्न खोज्दा सुरक्षाकर्मीले हस्तक्षेप गरी जोगाएका थिए ।

    मन्त्री यादवले सिके राउतलाई सचेत गराउँदै दिएको प्रतिक्रिया अहिले विवादित बनेको छ । उनले भनेकी छिन्, ‘लाठी देखाएर डराउने प्रयास गर्नेले लाठी भाँच्न पोख्तको ताकतलाई नजरअन्दाज नगरोस् ।

    यो रौतहटको गौर मधेस विद्रोहको किल्ला हो,’ उनले भनेकी छिन्, ‘यहाँको राइसमिल गौर नरसंहारको साक्षी छ । तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भएको थियो त्यही हालत हुन्छ ।’

    मन्त्री यादवले भाषणमा पटकपटक राइस मिलको घटना दोहोर्‍याउने धम्की दिइन् । उनले सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई मधेसमा फट्टा प्रदर्शन नगर्न पटकपटक चेनावनी दिइन् ।

    मन्त्री यादवले उल्लेख गरेको राइस मिलमा ०६३ चैत ७ गते तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या भएको थियो । २७ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको थियो ।

    मन्त्री यादवले सत्ताको दम्भमा किसानमाथि दमन गर्न खोजेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जिकिर गरेका छन् । सत्ताको दम्भमा किसान आन्दोलनलाई दमन गर्ने नाममा नरसंहार मच्चाउन प्रपञ्च भैरहेको उनको भनाइ छ ।

    मन्त्री जस्तो व्यक्तिले हिंसा भड्काउने गरी अभिव्यक्ति दिएकोप्रति मधेस प्रदेशसभाका सदस्यहरूले समेत अपत्ति जनाएका छन् ।

    यसैबीच, जसपा नेपालका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति निकाल्दै बलिदानी दिवसको कार्यक्रमलाई अवरोध गरेर जनमत पार्टीले उदण्डता प्रदर्शन गरेको जनाएको छ ।

    जनता समाजवादी पार्टीको कार्यक्रम र यसका कुनै नेता कार्यकर्ताविरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न अधिकारीले विज्ञप्तिमार्फत जनमतलाई सचेत गराएको छ ।

    जनता समाजवादी पार्टी र जनमत पार्टी अहिले मधेसमा मुठभेडको स्थितिमा छन् । जनता समाजवादी पार्टी मधेस प्रदेशको सरकारको नेतृत्व गरिरहेको छ । जनमत पार्टी भने सरकार र जसपाको विरोधमा उग्र प्रदर्शन जारी राखेको छ ।

    जनमत पार्टीले मधेसमा जसपालाई तारो बनाउँदै आफ्ना कार्याक्रम अगाडि बढाइरहेको जसपा नेताहरूको भनाइ छ । जसले मुठभेडको जोखिम बढाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij