मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/3121
    माघ ९, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप छ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् १७ हजार ४३७ नमूनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ३७७ नमूनाको पीसीआर र चार हजार ६० नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

    पीसीआर परीक्षणबाट पाँच हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ४१६ जना कोरोना संक्रमणबाट मुक्त ९निको० भएका छन् । 

    मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij