मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कोरोना संक्रमणको जोखिममा चिकित्सक र स्वास्थ्यकर्मी


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/3128
    माघ १०, २०७८ सोमबार
    कोरोना संक्रमणको जोखिममा चिकित्सक र स्वास्थ्यकर्मी

    काठमाडौं । देशभरका अस्पतालहरुमा उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको चाप धेरै बढेको छैन ।

    तर अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेसँगै उपचार सेवा भने प्रभावित हुन थालेको छ ।

    काठमाडौंका ठूला निजी तथा सरकारी अस्पतालहरुमा बाहिरका भन्दा आफ्नै संक्रमित कर्मचारीको संख्या बढ्न थालेका छन् । संक्रमण दर अझै बढ्ने हो भने सेवा बन्द गर्नुपर्ने अवस्था आउने चिकित्सकहरु बताउँछन् ।

    विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुमा भने बाहिरका बिरामी भन्दा आफ्नै कर्मचारी संक्रमित भएकाले सेवा प्रभावित हुन थालेका छन् ।

    आठ महिना अघि कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमण उत्कर्षमा पुग्दा अस्पतालमा बेड र अक्सिजनको हाहाकार भई बिरामीको ज्यान जाने अवस्था थियो ।

    अहिले ओमिक्रोन भेरियन्ट फैलिदा अस्पतालहरूमा बेड, अक्सिजन पर्याप्त छ । तर, हाल जनशक्ति अभावले चुनौती थपिएको चिकित्सकहरुको भनाइ छ ।

    एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा कोभिड, नन् कोभिड वार्डमा खट्ने जनशक्तिको अभाव हुन थालेको हो ।

    सबैजसो स्वास्थ्यकर्मीले दुवै मात्रा कोरोना विरुद्धको खोप लगाउनुका साथै उपचारमा खटिने सबै स्वास्थ्यकर्मीले सुरक्षा कवच लगाएपनि संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij