मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

‘तीन दिनभित्र सबै ठाउँमा सिटामोल’


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/3163
    माघ १२, २०७८ बुधबार
    ‘तीन दिनभित्र सबै ठाउँमा सिटामोल’

    काठमाडौं । उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ । सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाइ उत्पादकहरूको छ ।

    उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गर्नुभएको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो ।

    तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पछिल्ला चार÷पाँच दिनदेखि बजारमा सिटामोलको अवस्थाबारे अनुगमन गर्दा सञ्चारमाध्यमबाट बाहिरिएको हल्ला यथार्थ नभएको दाबी गरे ।

    ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले मङ्गलबार ललितपुरका विभिन्न ठाउँमा अनुुगमन गर्ने क्रममा सिटामोल नै नपाउने अवस्था नरहेको बताए ।

    मङ्गलबार पाटन, सुमेरु, अल्कालगायतका अस्पताल र मङ्गलबजारका फार्मेसीमा सिटामोलको उपलब्धताबारे अनुगमन गरिएको जानकारी गराउँदै उनले भने– “सिटामोलको आपूर्तिमा केही समस्या रहेछ ।

    स्टक कम छ तर सिटामोल नै नभएको अवस्था छैन, एक पाता सिटामोल लगभग सबैजसो फार्मेसीमा पाइन्छ ।”

    आमउपभोक्तालाई उपलब्ध सिटामोल कसैले मागे जति दिने र कसैले पाउँदै नपाउने अवस्था नआउने गरी बिक्री वितरणको व्यवस्था मिलाउन फार्मेसी सञ्चालकलाई निर्देशन दिएको प्रजिअ उपाध्यायले बताए ।

    सिटामोल वितरणको विषयमा बदमासी गरे वा नगरेको विषयमा अप्रत्यक्ष रूपमा निगरानी बढाइने पनि उनले जानकारी दिए ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij