मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अप्रेसन थिएटरभित्रै दुई जना डाक्टरबीच झगडा


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3210
    माघ १६, २०७८ आइतबार
    अप्रेसन थिएटरभित्रै दुई जना डाक्टरबीच झगडा

    काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । 

    घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा। हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै काउन्सिलका अर्का एक सदस्य र विषयविज्ञ पनि छन् ।

    गत पुस २९ गते दुर्घटना परी एउटा खुट्टा भाँच्चिएका सिरहाका ललितकुमार साहलाई अप्रेसन गरी रड लगाउने बेला डा। रोशनप्रसाद साह कलवार र अन्य डाक्टरबीच झगडा गरेको थियो । 

    डाक्टरहरूबीच झगडा भएकै कारण बिहान ९ बजे थिएटरमा लगिएका ती बिरामीलाई बेलुका ५ बजे मात्र अप्रेसन सकेर निकालिएको थियो । अहिले ती बिरामी घर फर्किइसकेका छन् ।

    डा। कलवारले साइन नेल प्रयोग गरेर अप्रेसन गरेका थिए । तर अन्य डाक्टरहरूले उक्त सामान प्रयोग गर्ने अनुमति नभएको भन्दै निर्मलीकरण गरेर अर्को नेल तयारी अवस्थामा राखेका थिए । 

    सोही विवादले चर्को रूप लिएपछि यो घटना प्रहरी, अस्पताल प्रशासन हुँदै काउन्सिलसम्म पुगेको थियो । आजको नागरिक दैनिकमा समाचार छ । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij