काठमाण्डौ । कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम देखिएको सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा पनि शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै सङ्क्रमित भएका छन् ।
यसमध्ये गम्भीर खालको लक्ष्यण कसैलाई पनि देखिएको छैन । हिजो सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सङ्क्रमित भएका छन् ।
हिजो यो समूहका ९ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिले प्राय सबैजसो विद्यालय बन्द भएकाले बालबालिका घरमै छन् । कामकाजी अभिभावकले पनि सतर्कता अपनाउने गरेका छन् ।
यस्तै तुलनात्मक रुपमा बालबालिकाहरु बाहिर साथीभाइसँग खेल्न धेरै नजाने र घरमै बस्ने भएकाले कोरोनाको जोखिम बालबालिकामा कम भएको हो ।