आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सत्तामा हुँदा एमसीसी पारित गर्ने पक्षमा उभिएको एमाले सत्ता बाहिर हुँदा मौन किन ?


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/3255
    माघ १९, २०७८ बुधबार
    सत्तामा हुँदा एमसीसी पारित गर्ने पक्षमा उभिएको एमाले सत्ता बाहिर हुँदा मौन किन ?

    काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर राष्ट्रिय राजनीति तातिएको बेला प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले भने मौन देखिएको छ ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गर्न संसद्मा प्रस्ताव लगे पनि अहिले पारित गर्ने वा नगर्ने विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक नगरी सत्ता गठबन्धनको धारणा कुरेर बसेको छ । 

    एमालेभित्र एमसीसीको विषयमा पार्टीको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने आवाज उठे पनि अध्यक्ष ओलीले अहिले सत्ता गठबन्धनको निर्णयपछि पार्टीले धारणा बनाउने बताउँदै आएका छन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवा संसद्मा एमसीसी तत्काल टेबल गर्ने पक्षमा रहे पनि सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको असहमति रहेको छ । 

    नेपाली काँग्रेस स्पष्ट रूपमा एमसीसीको पक्षमा उभिएको छ । सत्ता गठबन्धकै माओवादी र एकीकृत समाजवादीले संशोधन बिना पारित गर्न नहुने अडान कायमै राखेका छन् । 

    सत्ता गठबन्धनभित्रै एमसीसी पारित गर्ने विषयमा साझा सहमति निर्माण हुन नसकिरहेको बेला उक्त परियोजना अगाडि बढ्ला कि नबढ्ला चासोको विषय बन्न पुगेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij