सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अब एनटीसीबाट अरु नेटवर्कमा फोन गर्दा कम शुल्क लाग्ने


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/3265
    माघ १९, २०७८ बुधबार
    अब एनटीसीबाट अरु नेटवर्कमा फोन गर्दा कम शुल्क लाग्ने

    काठमाडौं । नेपाल टेलिकमले अन्य नेटवर्कमा फोन तथा म्यासेस गर्दा लाग्ने शुल्कलाई समायोजन गरेको छ ।

    टेलिकमले नेपाल दुरसञ्चार प्राधिकरणले लागू गरेको “अन्तरआबद्धता शुल्क” लाई माघ १८ गतेदेखि कार्यान्यवन गरी शुल्क घटाएको हो ।

    अन्तरआबद्धता शुल्क समायोजना गरेसँगै नेपाल टेलिकमका ग्राहकले कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र तिर्नुपर्नेछ ।

    यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम भएको छ ।

    साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुनेछ ।

    अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वााइस कल गर्दा लागु गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०७८ माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुल दर मिति २०७८ माघ १८ गते ९तदनुसार १ फेब्रुअरी २०२२० देखि कार्यान्वयनमा ल्याएको हो ।

    नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भए पश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागु हुने महशुल दर परिमार्जन भई शुल्कमा कमी आउने नेपाल टेलिकमले उल्लेख गरेको छ ।

    साथै उल्लेखित दररेटमा करवापतको लागू हुने रकम समावेश नगरएको टेलिकमले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij