मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भारतमा थप एक लाख ७२ हजारमा कोरोना, एक हजार ८ जनाको मृत्यु


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/3306
    माघ २०, २०७८ बिहीबार
    भारतमा थप एक लाख ७२ हजारमा कोरोना, एक हजार ८ जनाको मृत्यु

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकले देखाएको छ ।

    यसै अवधिमा कोरोना संक्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै  भारतमा कोरोना संक्रमणको कारण  मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।  

    हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ ।

    यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ । लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ । 

    हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने  गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना  निको भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij