काठमाडौं । १८ वर्षको इतिहासमै पहिलो पटक सामाजिक सञ्जाल फेसबुकको ‘डेली एक्टिभ युजर्स’ घटेका छन् ।
प्यारेन्ट कम्पनी मेटा नेटवर्कका अनुसार सन् २०२१ अन्तिम तीन महिनामा फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९२ करोडमा झरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भने फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९३ करोड थियो ।
टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वी कम्पनीका कारण आम्दानी पनि घट्न सक्ने मेटाले आशंका व्यक्त गरेको छ ।
विज्ञापनदाताले विज्ञापनमा खर्च कटौती गरेका कारण पनि मेटाले आम्दानी गुम्न सक्ने बताएको हो । मेटाको सेयरमा पनि २० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
बीबीसीका अनुसार सेयर मूल्यमा आएको गिरावटका कारण मेटाले २ सय अर्ब अमेरिकी डलर घाटा बेहोरेको छ । मेटासँगै ट्विटर, स्न्याप, पिन्टेरेस्टजस्ता सोसल मिडिया प्लेटफर्मको सेयर पनि घटेको छ ।