मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

देशभर फैलियो ओमिक्रोन भेरियन्ट


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/3312
    माघ २०, २०७८ बिहीबार
    देशभर फैलियो ओमिक्रोन भेरियन्ट

    काठमाडौं । कोरोना महामारीको तेस्रो लहरसँगै आएको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको छ ।

    पछिल्लो अवस्थामा कोरोनाको नयाँ भेरियन्ट सबै प्रदेशमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रले जानकारी दिइन् ।

    ‘अझै खोप लगाउन बाँकी हुनुहुन्छ । संक्रमणको नयाँ भेरियन्टको जोखिम छ, सबै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको छ,’ प्रवक्ता मिश्रले भनिन् ।

    उनले २४ वा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र तीन जनामा डेल्टा भेरियन्ट पुष्टि भएको बताइन् । डा. मिश्रको अनुसार हालसम्म कोरोना संक्रमणदर ३३.९ प्रतिशतमा झरेको छ ।

    हाल कोरोना संक्रमणदर घटे पनि जोखिम भने कायमै रहेको उनले बताइन् । पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमण दर घट्दो क्रममा छ ।

    बुधबार मात्रै थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट एकै दिन १२ जनाको मृत्यु भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij