सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ७ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
गएराति बनगाड कुपिण्डे नगरपालिका–७ लाम्सारामा चट्याङ पर्दा स्थानीय ४० बर्षीया रामकली कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आफ्नै घरमा चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।