सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने संकेत देखाएका छन् । आज बिहान फेसबुक स्टाटसमार्फत उनले यस्तो जानकारी गराएका छन् । उनले स्टाटसमार्फत आफूलाई सोधिरहनेहरुले आइतबार जवाफ पाउने बताएका छन् ।
उनले लेखेका छन्, ‘बारम्बार बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनुहुनेछ महोदयहरु ।’ मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्ममा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आइतबाारसम्म मन्त्रीहरुको टुंगो लाग्ने सम्भावना देखिएको छ ।
आठ मन्त्रालय रहेको कर्णालीमा नेकपा माओवादीले चार मन्त्रालय, समाजवादीले तीन मन्त्रालय र काँग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी नछोडेपछि भागबण्डा मिलाउन सकस भएको थियो ।