आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

हुम्लामा विहानैदेखि हिमपात : हवाई सेवा प्रभावित, जनजीवन कष्टकर


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/3374
    माघ २३, २०७८ आइतबार
    हुम्लामा विहानैदेखि हिमपात  : हवाई सेवा प्रभावित, जनजीवन कष्टकर

    हुम्ला । हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ ।

    एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानमा दुई फिट बढी हिउँ जमेको छ । जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ । 

    दुई दिनदेखि लगातार परेको भारी हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । हिमपातले दैनिक रुपमा उडान भर्दै आएको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको हो ।

    हवाई सेवा उडान नभर्दा विभिन्न सामग्रीको अभाव हुने देखिएको छ । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुलाई समेत समस्या बनाएको छ । 

    हिमपातले हवाई सञ्चालनमा आउन नसकेपछि बजार व्यवसायीको दैनिक उपभोग्य सामानको अभाव भएको छ । नेपालगञ्ज र सुर्खेतबाट दैनिक आउने गरेको  तरकारी, र मासु हवाई सेवा अवरुद्ध हुँदा ठप्प भएको छ ।

    सदरमुकाम सिमकोटदेखि करिब ११ किलोमिटर गाडी सञ्चालन हुने खार्पु सडकखण्डसमेत अवरुद्ध बनेको छ । बाक्लो हिउँ जम्दा छोटो दूरीका गाडी सञ्चालनमा आउन नसकेका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij