सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

साना विमान नहुँदा पहाडी तथा हिमाली क्षेत्रमा उडान भर्न समस्या


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3400
    माघ २३, २०७८ आइतबार
    साना विमान नहुँदा पहाडी तथा हिमाली क्षेत्रमा उडान भर्न समस्या

    काठमाडौं । सानो आकारका विमान पर्याप्त सङ्ख्यामा नभएपछि पहाडी तथा हिमाली क्षेत्रमा हुने उडानमा विमान कम्पनीहरूले कटौती गर्न थालेका छन् ।

    पहाडी तथा हिमाली क्षेत्रमा प्रायः चार सयदेखि ६ सय मिटरका धावनमार्ग छन् ।

    त्यहाँ सानो आकारका ट्विनटर विमान चल्ने भए पनि सरकारी तथा निजी क्षेत्रसँग यस्ता विमानको सङ्ख्या घट्दै गएका कारण यात्रुले चाहे जसरी उडान सेवा पाउन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले बताए ।

    उनका अनुसार निजी विमान कम्पनीले ठूलो आकारका विमानबाट सेवा दिन थालेपछि मिलेसम्ममा धावन मार्ग विस्तारको काम पनि भइरहेको छ ।

    नेपाल वायु सेवा निगमसँग हाल ट्विनटर विमान २ वटा मात्रै छन् भने समिट, तारा लगायतका एयरलाइन्सले सानो आकारका जहाज पहाडी तथा हिमाली जिल्लामा उडाउँदै आएका छन् ।

    लुम्बिनीको अर्घाखाँची, सुदूरपश्चिममा पर्ने अछामको कमल बजार, कर्णालीको डोल्पा मसिने चौर अनि प्रदेश १ मा इलामको सुकिलुम्बा विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    विमानस्थल निर्माणको काम सकिए पनि सानो आकारका जहाज पर्याप्त सङ्ख्यामा नहुँदा नियमित उडानमा भने समस्या हुने देखिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij