काठमाडौं । नेपाल टेलिकमले फाइभजी सेवा परीक्षणको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिकमको १८औं वार्षिकोत्सवका अवसरमा फाइभजी सेवा अघि बढाउन निर्देशन दिएका थिए ।
मन्त्रीको निर्देशनसँगै टेलिकमले फाइभजी सेवा विस्तारको लागि आपूर्तिकर्ता (सप्लायर्स) सँग छलफल अघि बढाइरहेको छ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजी प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ बमोजिम आपूर्तिकर्तासँग छलफल भइरहेको बताए ।
‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी सञ्चालनको लागि फ्रिक्वेन्सी प्राप्त भइसकेको छ,’ उनले भने, ‘फोरजीको जडान अन्तिम चरणमा पुगेपछि फाइभजीको परीक्षण गर्ने पूर्वयोजना नै थियो ।
देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७२० वटामा फोरजी सेवा विस्तार गरिसक्यौं । अब हामीले फाइभजी विस्तारको लागि आवश्यक तयारी गरिरहेका छौं ।’ यो समाचार नागरिक दैनिकमा छ ।