मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दाे, एकैदिन ११८८ जनाकाे मृत्यु


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/3463
    माघ २५, २०७८ मंगलबार
    भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दाे, एकैदिन ११८८ जनाकाे मृत्यु

    भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । 

    यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड २३ लाख ३९ हजार ६११ पुगेको छ ।महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको सोमबार दोस्रो दिन हो ।

    कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरूको सङ्ख्या एकाएक बढेको थियो ।

    पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै एक हजार १८८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएयता हालसम्म पाँच लाख ४ हजार ६२ जनाको मृत्यु भएको पनि समाचारमा जनाइएको छ । 

    सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरूको सङ्ख्या भने एक लाख ८० हजार ४५६ रहेको छ । यसैसँगै हालसम्म कोरोना भाइरसबाट चार करोड ८४ हजार ६५८ जना निको भएका छन् ।

    एउटै अवधिमा नयाँ संक्रमितको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या दोब्बर भन्दा बढी रहेको छ । त्यसैले सक्रिय संक्रमितहरूको सङ्ख्या पनि घट्दै गएको छ । 

    भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या ९ लाख ९४ हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij