मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

औषधिको आधिकारीक मूल्य निर्धारणका लागि कार्यविधि बनाउन निर्देशन


  • 874
    SHARES
  • https://indrenipost.com/posts/3464
    माघ २५, २०७८ मंगलबार
    औषधिको आधिकारीक मूल्य निर्धारणका लागि कार्यविधि बनाउन निर्देशन

    काठमाडौं । सरकारले औषधिको वैज्ञानिक मूल्य निर्धारणका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ । 

    सोमबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा औषधिको मूल्य निर्धारण, मूल्य समायोजन तथा विभागको पुर्नसंरचनाका विषयमा छलफल भएको थियो । 

    सो छलफलबाट विभागलाई औषधिको मूल्य निर्धारणका लागि कार्यविधि तयार गर्न तथा विभागको पुर्नसंरचना गर्न निर्देशन प्राप्त भएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए । 

    यस्तै औषधि ऐनलाई पनि समयसापेक्ष रुपमा परिवर्तन गर्ने विषयमा पनि छलफल भएको भट्टराईको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij