भारतमा पछिल्लो २४ घन्टामा ७१ हजार ३ सय ६५ कोभिड १९ का नयाँ संक्रमित पहिचान भएको छ ।
संक्रमण दर क्रमश ओरालो लागिरहँदा मृत्यु भने चार अंकमै जारी रहेको छ । यस अधविमा भारतमा संक्रमणकै बिच १ हजार २ सय १७ जनाले ज्यान गुमाएका छन् ।
भारतमा अहिले ८ लाख ९२ हजार ८ सय २८ संक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कूल ५ लाख ५ हजार २ सय ७९ जनाको संक्रमणकै अवस्थामा मृत्यु भएको मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
भारतमा संक्रमण दर निक्कै कम हुँदै गएको छ । दैनिक पोजेटिभ रेट ४।५४ प्रतिशत रहेको छ ।
भारतमा पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार २ सय ११ जना संक्रमण मुक्त भएका छन् ।