मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

गाँजालाई औषधिका लागि प्रयोग गर्न दिइने


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/3549
    माघ २८, २०७८ शुक्रबार
    गाँजालाई औषधिका लागि प्रयोग गर्न दिइने

    काठमाडौं । गाँजालाई  औषधिका रूपमा  प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । 

    औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित र हने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।

    हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । 

    लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । 

    तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन  सकेको छैन  । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij