सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

रेडमी नोट ११ नेपाली बजारमा, मूल्य कति ?


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/3578
    माघ २८, २०७८ शुक्रबार
    रेडमी नोट ११ नेपाली बजारमा, मूल्य कति ?

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ नेपाली बजारमा ल्याएको छ ।

    फ्ल्यागसिप क्यामेराको अनुभव अझ निखार्नका लागि रेड मि नोट ११ मा ५० मेगा पिक्सेल मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहित आएको कम्पनीले जनाएको छ ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले फ्ल्यागसिप लेभल ६ एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फर्मेन्स गर्नुका साथै ब्याट्री पनि टिकाउ हुने बताए ।

    यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

    रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लू, स्टार ब्लमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरू १३ माघ २०७८ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    ४ जीबी +६४ जीबी भएको यो फोनको मूल्य २३ हजार र ४ जीबी + १२८ जीबी भएको फोनको मूल्य २५ हजार, ६ जीबी +१२८ जीबी भएको फोनको मूल्य २७ हजार रहेको कम्पनीले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij