मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप १ हजार १२८ मा कोरोना संक्रमण, १४ जनाको मृत्यु


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/3580
    माघ २८, २०७८ शुक्रबार
    पछिल्लो २४ घण्टामा थप १ हजार १२८ मा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै २२१५ जना निको भएका छन् । 

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७२ हजार १४१  तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ९७३ जनामा पुगेको छ । 

    संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना निको भएका छन् । 

    यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ जना पुगेको छ । 

    हाल देशभर सक्रिय संक्रमित २७ हजार ४४१ जना रहेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij