आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काँग्रेस कार्यसम्पादन बैठक : गठबन्धन तोड्न देउवामाथि दबाब, चुनावमा एक्लै भिड्ने नेता शेखरको दाबी


  • 2.8K
    SHARES
  • https://indrenipost.com/posts/3581
    माघ २९, २०७८ शनिबार
    काँग्रेस कार्यसम्पादन बैठक : गठबन्धन तोड्न देउवामाथि दबाब, चुनावमा एक्लै भिड्ने नेता शेखरको दाबी

    काठमाडौं । नेपाली काँग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ ।

    जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो ।

    काँग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा. शेखर कोइरालाले पार्टीको औपचारिक बैठकमै गठबन्धनलाई अप्राकृतिक भन्दै निरन्तरतामा प्रश्न गरेका हुन् ।

    कोइरालाले स्थानीय तहको निर्वाचनमा अप्राकृतिक गठबन्धन छाडेर काँग्रेस एक्लै निर्वाचनको मैदानमा उत्रिनुपर्ने भन्दै काँग्रेसले काँग्रेसलाई रूखमै भोट हाल्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने बताए ।

    ‘मैले विगतदेखि नै काँग्रेसले काँग्रेसलाई अर्थात् रूख छापमै मतदान गर्न पाउनुपर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु, यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्शविपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ,’ बैठकमा धारणा राख्दै कोइरालाले भने ।

    उनले जारी बैठकमा आफ्नातर्फबाट पाँचबुँदे धारणा राखेका छन् । सो क्रममा कोइरालाले आगामी निर्वाचनका लागि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रदेखि वडा तहसम्मको पार्टी संरचनालाई एकढिक्का बनाएर सञ्चालन गर्ने विश्वास आफूले लिएकोसमेत बताए ।

    ‘पार्टीभित्रको एकता, सद्भाव र साथीहरूको न्यायोचित व्यवस्थापन नै हाम्रो शक्ति हो, हाम्रा घरभित्रका सानातिना घरेलु समस्या, आपसी रिसराग, मनमुटाव र असन्तुष्टिभन्दा माथि उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प छैन, सभापतिज्युले केन्द्रदेखि वडासम्मका साथीहरूलाई एकढिक्का बनाएर पार्टी सञ्चालन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ डा. कोइरालाले धारणा राख्दै भने । यो समाचार राजधानी दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij