आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

गण्डकीका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन


  • 649
    SHARES
  • https://indrenipost.com/posts/9627
    साउन १०, २०८२ शनिबार
    गण्डकीका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन

    चितवन, १० साउन – नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । ७६ वर्षीय गुरुङको आज बिहान ८ बजे भरतपुर महानगरपालिका – २६ स्थित आफ्नै निवासमा निधन भएको हो ।
    गुरुङ विसं.२०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । यस अघि उनी नेपाली कांग्रेस चितवनका सभापति तथा नवलपरासी भूमिसुधार आयोगका अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए। पार्टी विभाजनको समयमा गुरुङ प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति पनि थिए ।
    वि.सं.२००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनु भएका गुरुङ पछि चितवन बसाइँसराइ गरेका थिए । उनले वि.स.२०४६ को जनआन्दोलनमा कांग्रेस परिचालन समितिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका थिए ।
    विगत लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका गुरुङका दुई छोरामध्ये जेठो छोराको पहिल्यै निधन भइसकेको छ भने कान्छा छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनकी श्रीमती अहिले बेहोसमा छन । 
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पृथ्वीमान गुरुङको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको प्रतिक्रिया दिएका छन ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij