काेराेना संक्रमणकाे तेस्राे लहर भारतमा पनि ओराेलाे लागेकाे छ ।
पछिल्लाे २४ घन्टामा भारतभर ३४ हजार ११३ जना संक्रमित थपिएका छन् ।
याे अवधिमा ९१ हजार ९३० जना संक्रमणमुक्त भएका छन् भने ३४६ जनाले ज्यान गुमाएकाे मन्त्रालयले साेमबार बिहान जानकारी दिएकाे छ ।
अहिले भारतमा ४ लाख ७८ हजार भन्दा केही धेरै सक्रिय संक्रमित रहेका छन् ।
दैनिक संक्रमणदर ३.१९ प्रतिशतमा झरेकाे छ ।