सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

चिनियाँले निर्माण गरेका ५४ एप्समाथि भारतको प्रतिबन्ध


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/3646
    फागुन २, २०७८ सोमबार
    चिनियाँले निर्माण गरेका ५४ एप्समाथि भारतको प्रतिबन्ध

    देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

    सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने  सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

    स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् ।

    देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिक टक, वीच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो ।

    सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिब तीन सय एप्सहरूमाथि भारतमा प्रतिबन्ध लगाइएको छ ।

    पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरूसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij