मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्राणघातक रोग क्यान्सरको औषधि नेपालमै उत्पादन


  • 3.1K
    SHARES
  • https://indrenipost.com/posts/3681
    फागुन ४, २०७८ बुधबार
    प्राणघातक रोग क्यान्सरको औषधि नेपालमै उत्पादन

    काठमाडौं । क्यान्सरका बिरामीलाई खुसीको खबर  यो रोगको औषधि नेपालमै बनेको छ । औषधिको खोलमा लेखिएको छ, ‘मेड इन नेपाल ।’

    यसको उत्पादन गरी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको छ, टिजिङ फर्मा प्रालि । फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले अहिले बजारमा जाने उत्पादन ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको बताए ।

    ‘इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने योजना छ’, कार्यकारी निर्देशक वैद्यले भने, ‘अहिले मुखबाट खान मिल्ने औषधि अर्थात ट्याब्लेट र क्याप्सुल बनोटमा छ । केही समयपछि इन्जेक्सन स्वरूपमा पनि जानेछौं ।’

    नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वल पाण्डेले स्वदेशमै क्यान्सरको औषधि उत्पादन हुनु गौरवको विषय भएको बताए । यसले बिरामीमा राहत पुग्ने विश्वास विशेषज्ञले व्यक्त गरेका छन् ।

    वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. एमके पियाले भने, ‘पहिला विदेशमै उत्पादित औषधि पनि पर्याप्त पाइँदैनथ्यो । अहिले स्वदेशमै क्यान्सर रोगविरुद्धको औषधि उत्पादन हुनु खुसीको विषय हो । गुणस्तरमा ध्यान दिंँदै सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्छ ।’ यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij