सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

नेपालीलाई विदेशमै विद्युतीय राहदानी, अनलाइनबाटै आवेदन दिन सक्ने सुविधा


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/3683
    फागुन ४, २०७८ बुधबार
    नेपालीलाई विदेशमै विद्युतीय राहदानी, अनलाइनबाटै आवेदन दिन सक्ने सुविधा

    काठमाडौं । विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने भएका छन् ।

    विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपालबाट छपाइ गरी सम्बन्धित नागरिक रहेका मुलुकमै राहदानी पठाइनेछ ।

    राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विदेशबाट ‘लाइभ इनरोलमेन्ट’ गरेर विद्युतीय राहदानी नेपालमै छापिनु देशकै लागि ऐतिहासिक सफलता रहेको बताए ।

    पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीको सङ्ख्या धेरै भएका मुलुकमा विद्युतीय राहदानी वितरणको अभियान सुरु गरिएको छ ।

    उनका अनुसार अहिलेसम्म कतार, मलेसिया, साउदी अरब, ओमान र कुवेतबाट विद्युतीय राहदानी जारी गर्ने कार्यमा सफलता प्राप्त भएको छ ।

    उनले भने, “मङ्गलबार ओमान र कुवेतमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको उद्घाटन भएको छ । विश्वका सबै देशमा सेवा पुर्याउने प्रयासमा छौँ ।”

    यसअघि गत माघ २३ गते कतारको दोहाबाट ‘लाइभ इनरोलमेन्ट’ गरी राहदानी छपाइ थालिएको छ । कतारमा सुरुको एक हप्ता सीमितका लागि राहदानी बुकिङ खुला गरिएको थियो ।

    त्यस्तै, मलेसियास्थित नेपाली दूतावासबाट गत माघ २६ गतेबाट राहदानी वितरणको प्रक्रिया थालनी भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीमा छन् । यो समाचार गोरखापत्र दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij