मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भारतमा दैनिक पोजेटिभ रिपोर्ट २.६१ प्रतिशत, कोभिड १९ संक्रमण घट्दो


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/3727
    फागुन ५, २०७८ बिहीबार
    भारतमा दैनिक पोजेटिभ रिपोर्ट २.६१ प्रतिशत, कोभिड १९ संक्रमण घट्दो

    भारतमा पछिल्लो २४ घन्टामा ३० हजार ७ सय ५७ जनामा कोभिड १९ पुष्टि भएको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार यस अवधिमा ५ सय ४१ जनाको संक्रमणकै बिच मृत्यु भएको छ ।

    संक्रमण जति भएको छ त्यसको दोब्बर भन्दा धेरै संक्रमणमुक्त भएका छन्। यस अवधिमा ६७ हजार ५ सय ३८ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

    संक्रमितको ठीक हुनेको संख्या बढ्ने र थपिनेक्रममा आएको गिरावटले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

    अहिले भारतमा ३ लाख ३२ हजार ९ सय १८ सक्रिय संक्रमित छन् ।

    दैनिक पोजेटिभ रिपोर्ट २.६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    भारतमा अहिलेसम्म १ अर्ब ७४ करोड २४ लाख भ्याक्सिन लगाइसकिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij