भारतमा पछिल्लो २४ घन्टामा ३० हजार ७ सय ५७ जनामा कोभिड १९ पुष्टि भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार यस अवधिमा ५ सय ४१ जनाको संक्रमणकै बिच मृत्यु भएको छ ।
संक्रमण जति भएको छ त्यसको दोब्बर भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।
यस अवधिमा ६७ हजार ५ सय ३८ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।
संक्रमितको ठीक हुनेको संख्या बढ्ने र थपिनेक्रममा आएको गिरावटले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।
अहिले भारतमा ३ लाख ३२ हजार ९ सय १८ सक्रिय संक्रमित छन् ।
दैनिक पोजेटिभ रिपोर्ट २.६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म १ अर्ब ७४ करोड २४ लाख भ्याक्सिन लगाइसकिएको छ ।