आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाए


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/3827
    फागुन ९, २०७८ सोमबार
    बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाए

    बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

    प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएको छ ।

    हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ ।

    खोप अभियान तीव्र रूपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताइन्।

    विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षति मात्र नभई अर्थतन्त्रमासमेत क्षति पुर्‍याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताइन् ।

    मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफैँ पुगेर कोरोना सङ्क्रमणविरुद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गरेकी थिइन् थियो ।

    यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएको छ ।

    साथै कोरोनाविरुद्धको खोप लगाउने र स्वाब सङ्कलन कार्य जिल्लामा जारी रहेको बताइएको छ ।

    जिल्लामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या हालसम्म १७ हजार ९११ जना रहेको र हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७१ जना रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति घट्दै गएको छ ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij