आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कर्मचारीको व्यक्तिगत स्वतन्त्रतामाथि सिडियोको अंकुश : अनुमतिबिना जिल्ला छोड्न नपाइने


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/3862
    फागुन १०, २०७८ मंगलबार
    कर्मचारीको व्यक्तिगत स्वतन्त्रतामाथि सिडियोको अंकुश : अनुमतिबिना जिल्ला छोड्न नपाइने

    हुम्लाका सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ ।

    कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा सेवाग्राही मर्कामा परेको भन्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिएकी हुन् ।

    सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा प्रजिअ परियारले  कार्यालय प्रमुखले जिल्ला छाड्दा लिखितरूपमा प्रजिअको अनुमति लिनुपर्ने निर्णय गराएकी छन् ।

    निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्ने, हाजिरीमासमेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो ।

    जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी संख्या, पदपूर्ति संख्या, रिक्त पद संख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने,सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्यरूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने निर्णय भउको छ ।

    त्यसैगरी कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्यरूपमा त्रैमासिकरूपमा तयार गरिएका गतिविधि सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने निर्णय भएको छ ।

    छलफलमा जिल्लामा उपलब्ध कार्यालय प्रमुखहरूको सहभागिता थियो । प्रजिअ परियार सोमबार हुम्ला आइपुगेकी हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij