सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

जाजरकोटमा १७० किलोवाटको सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3977
    फागुन १९, २०७८ बिहीबार
    जाजरकोटमा १७० किलोवाटको सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने

    जाजरकोट । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ ।

    ४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

    विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गरे ।

    जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखा लगायत गाउँ सोलारबाट विद्युतीकरण हुन लागेका हुन् । 

    स्थानीय खड्कविक्रम शाहीले भने, ‘टुकीको भरमा थियौं, सोलार बत्ती आएपछि हामी खुसी छौँ ।’ 

    बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत पुर्‍याउन काम भइरहेको बताए । 

  • सम्बन्धित विषय:

  • # सोलार
  • # जाजरकोट
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij