आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

तनहुँमा नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि


  • 523
    SHARES
  • https://indrenipost.com/posts/9654
    साउन १३, २०८२ मंगलबार
    तनहुँमा नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि

    डुम्रे तनहुँ, १३ साउन – तनहुँ जिल्लामा नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ । अभिभावक वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै बालबालिकालाई पनि विदेश लैजाने तयारीस्वरूप परिचयपत्र लिने प्रवृत्ति बढेको हो ।
    जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ मा ६०६ जना बालबालिकाले नाबालक परिचयपत्र लिएका छन् । तीमध्ये २९३ बालिका र ३१३ बालक रहेका छन् ।
    प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, वैदेशिक बसाइँसराइको क्रमसँगै बालबालिकालाई पनि अभिभावकसँगै लैजाने प्रवृत्तिका कारण यो सङ्ख्या बढेको हो ।
    तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा ५२९ जना र २०७९।८० मा ४३९ जना बालबालिकाले नाबालक परिचयपत्र लिएका थिए । कोभिड महामारीको समयमा परिचयपत्र लिने दर केही घटे पनि पछिल्ला वर्षमा पुनः तीव्र भएको देखिएको छ ।
    प्रजिअ अधिकारीले स्वदेशमा केही छैन भन्ने नकारात्मक सोच र सामाजिक सञ्जालको प्रभावले समेत बसाइँसराइ प्रवृत्तिलाई तीव्र पारेको बताए । उनले युवालाई स्वदेशमै स्थायीत्वको अवसर दिने गरी तीनै तहका सरकारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij