सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

शाओमी १२ प्रो मोबाइल नेपाली बजारमा लञ्च, के छन् सुविधा ?


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/4167
    चैत १७, २०७८ बिहीबार
    शाओमी १२ प्रो मोबाइल नेपाली बजारमा लञ्च, के छन् सुविधा ?

    शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ ।

    प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो ।

    लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पाण्डाले भने, “नयाँ–नयाँ प्रविधी र नयाँ–नयाँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामी सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ ।

    यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँहरुले यसलाई मन पराइदिनुहुनेछ ।”

    शाओमी १२ प्रोबाट स्तरीय फोटो खिच्न सकिने कम्पनीले जनाएको छ । यसबाट ८के सम्मको भिडियोहरु रेकर्ड गर्न सकिने जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij