आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

जाजरकोटमा चार दलबीच चुनावी गठबन्धन, निर्वाचनलाई प्रभाव पार्ने अभिव्यक्ति दिन नपाइने


  • 3.8K
    SHARES
  • https://indrenipost.com/posts/4243
    चैत २१, २०७८ सोमबार
    जाजरकोटमा चार दलबीच चुनावी गठबन्धन, निर्वाचनलाई प्रभाव पार्ने अभिव्यक्ति दिन नपाइने

    जाजरकोट । सत्ता गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको स्वागत गरेका छन् ।

    पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतको गृहजिल्ला जाजरकोटमा गठबन्धनका दलहरूले उक्त निर्णयको स्वागत गरेका हुन् ।

    आइतबार जिल्ला सदरमुकाम खलंगास्थित नेपाली कांग्रेसको कार्यालयमा बसेको जिल्लास्तरीय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागत गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष कमानबहादुर खड्काले जानकारी दिए ।

    यसका साथै सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेका छन् ।

    निर्वाचनका सवालमा निरन्तर छलफल जारी राख्ने र निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि विचार अभिव्यक्तिसमेत कसैले अभिव्यक्त नगर्ने निर्णय गरिएको अध्यक्ष खड्काले बताए ।

    जाजरकोटमा चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवदी पार्टी (जसपा)बीच चुनावी गठबन्धन हुने भएको छ । 

    हेर्नुहोस्, संयुक्त वक्तव्य :

    gathbandhan.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij