काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।
विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो ।
बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी छन् ।
एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।
एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ ।