मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शिक्षा विधेयक संसदमा दर्ता (पूर्णपाठसहित)


  • 703
    SHARES
  • https://indrenipost.com/posts/4604
    भदौ २७, २०८० बुधबार
    शिक्षा विधेयक संसदमा दर्ता (पूर्णपाठसहित)

    काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । आज (बुधबार) बिहान उक्त विधेयक संसदमा दर्ता भएको हो ।

    संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको झन्डै आठ वर्षपछि विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।

    विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसदमा पुगेको प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    उक्त विधेयक हिजो (मंगलबार) राति १० बजेबाट बिहान १ बजेसम्म प्रिन्ट गरिएको थियो । प्रिन्ट पश्चात् संसदमा दर्ता गरेको स्रोतले बतायो । स्रोतका अनुसार हिजै संसदमा दर्ता गर्ने भनिए पनि प्राविधिक कमजोरी र प्रिन्टको ढिलाइले आज बिहान दर्ता गरिएको छ ।

    सबै कानुनी प्रक्रिया मिलाएर आजै संसदमा दर्ता भएको गिरीले बताए । उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो ।

    हेर्नुहोस् पूर्णपाठ :

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij