सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

फोटोफिचर

यसरी मनाए प्रहरीले ‘कुकुर तिहार’ (तस्बिरसहित)


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/5145
    कात्तिक २६, २०८० आइतबार
    यसरी मनाए प्रहरीले ‘कुकुर तिहार’ (तस्बिरसहित)

    काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगञ्जमा आइतबार कुकुर पूजा गरेको छ । 

    18.jpg

    पूजामा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेका थिए । 

    16.jpg

    साथै उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘रियो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ र रनिङतर्फ ‘टाईगर’लाई पुरस्कार प्रदान गरेका छन् । 

    15.jpg

    यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उनले पुरस्कार प्रदान गरेका थिए । 

    14.jpg

    सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले तिहार र कुकुर पूजाको शुभकामना व्यक्त गर्दै केनाईनले विभिन्न अपराधको सफल अनुसन्धान तथा प्रहरी कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेपाल प्रहरी संगठनको छवि उच्च पारेको बताए । केनाईनले केन्द्रमा मात्र नभई प्रदेशस्तरमा समेत उत्कृष्ट कार्य सम्पादन गर्दै आएको उनले उल्लेख गरे । 

    13.jpg

    कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरूले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्धार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।

    12.jpg

    नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.देउती गुरूङले धन्यवाद ज्ञापन गरेका थिए भने उक्त कार्यक्रममा प्रहरी उपरीक्षक डा.रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

    11.jpg

    नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मी लगायत अतिथिहरू समेतको उपस्थिति रहेको थियो । 

    10.jpg9.jpg8.jpg7.jpg

    -तस्बिर स्रोत- नेपाल प्रहरी 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij