बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

सुक्खा पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगमा


  • 244
    SHARES
  • https://indrenipost.com/posts/9769
    साउन २२, २०८२ बिहीबार
    सुक्खा पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगमा

    लमजुङ, २२ साउन – मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका –१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
    पहिरोको निरन्तर खसिरहेको कारण तत्कालै सडक खुलाउन सकिने अवस्था नरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले जानकारी दिएका छन । पहिरोले यातायात ठप्प भएपछि पोखराबाट बेँसीसहर जाने सवारीहरू काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन्  ।
    प्रहरी र स्थानीय तहका प्रतिनिधिहरुले पहिरोको अवस्था निगरानीमा राखिरहेका छन् । यद्यपि ठूलो चट्टानसहितको पहिरो भएकाले तत्काल बाटो खुलाउन कठिनाइ रहेको जनाइएको छ । यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij