बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

बजेट कार्यान्वयनमा कडाइ कर्णालीका स्थानीय तहलाई २७ बुँदे निर्देशन


  • 307
    SHARES
  • https://indrenipost.com/posts/9770
    साउन २२, २०८२ बिहीबार
    बजेट कार्यान्वयनमा कडाइ कर्णालीका स्थानीय तहलाई २७ बुँदे निर्देशन

    काँक्रेविहार ९सुर्खेत, २२ साउनः कर्णाली प्रदेश सरकारले स्थानीय तहहरूलाई विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न २७ बुँदे निर्देशन दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत ७९ वटै स्थानीय तहलाई यो निर्देशन जारी गरिएको हो ।
    आर्थिक मितव्ययिता, पारदर्शिता र वित्तीय अनुशासन कायम गर्नका लागि निर्देशन दिइएको मन्त्रालयका मन्त्री राजविक्रम शाहले जानकारी दिनुभयो। राजस्व बाँडफाँड, आयोजना तथा कार्यक्रम कार्यान्वयन, लेखापरीक्षण र लेखा प्रतिवेदनसम्बन्धी व्यवस्था यो निर्देशनमा समेटिएको मन्त्रालयका सचिव रविलाल शर्माले बताएका छन ।
    शर्माका अनुसार प्रदेश सरकारले स्थानीय तहलाई चार किस्तामा बजेट उपलब्ध गराउनेछ र प्रत्येक किस्ता प्राप्त गर्नका लागि आयोजनाको प्रगति विवरण अनिवार्यरूपमा बुझाउनुपर्नेछ । निर्देशन अनुसार कार्यान्वयनमा प्रगति नदेखिएमा बजेट रोकिनेछ ।
    साथै, मन्त्रालयले निर्देशन दिएको रकम तोकिएको शीर्षकअनुसार मात्र खर्च गर्नुपर्ने स्पष्ट पारेको छ । “आफूखुसी खर्च गर्ने प्रवृत्ति देखिएपछि यस्तो निर्देशन दिनुपरेको हो,” सचिव शर्माले बताए । विज्ञापन कर, मनोरञ्जन कर, पर्यटन शुल्क तथा प्राकृतिक स्रोतबाट संकलन हुने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गर्न समेत निर्देशन दिइएको छ ।
    निर्देशनको पालना नगरे स्थानीय तहलाई दिइने समानीकरण अनुदानबाट उक्त रकम कट्टा गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ । यो कदमले प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij