काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सरकारले टिकटक प्रतिबन्ध लगाएपछि परेका सबै रिटको एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीश विनोद शर्माको इजलासले टिकटकमा प्रतिबन्ध लगाउनुको औचित्य माग गर्दै सरकारका नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ ।